– आचार्य प्रभा
क्लोरोडा – अमेरिका
सुटुक्क मन चोर्ने तिमी सार्है बद्मास्
झुक्काइे माया जोड्ने तिमी सार्है बद्मास् ।
साइेनो लगाएर नाता गोता खोज्दै
अर्काको मुटु फोर्ने तिमी सार्है बद्मास् ।
फुरुक्क पारी पारी मीठो बोली बोल्दै
सिमाना,पर्खाल तोढ्ने तिमी सार्है बद्मास् ।
सम्झौता गर्न अघी आफ्नो मान्छे ठान्दै
हातमा नाम कोर्ने तिमी सार्है बद्मास् ।
मनमा फूल रोपी बास्ना मीठो लिँदै
मौकामा काँडा गोड्ने तिमी सार्है बद्मास् ।