काठमाडौं । आज २१ औ विश्व अपांगता दिवस नेपालमा पनि मनाईदै छ । नेपालमा करिव ३० लाख अपांगता भएका ब्यक्तिहरु रहेका छन् ।
सरकारी र गैरसरकारी क्षेत्रले अपागंता भएका व्यक्तिहरुलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धरै लगानी गरे पनि अपांगता भने खासै परिवर्तन नभएको त्यस क्षेत्रमा क्रियाशील प्रतिनिधिहरुले बताएका छन् ।
अपांगहरुको शिक्षा,स्वास्थ्य, यातायात , सामाजिक पुनः स्थापना, सशक्तीकरण , चेतनालगायतका बारेमा राज्यस्तरबाट ठोस पहल हुन नसकेको गुनासो उनीहरुको छ । नेपालमा अपांगता भएका ब्यक्तिहरुको हितमा काम गर्ने भन्दै एक हजार भन्दा बढी सरकारी र गैरसरकारी संस्थाहरु क्रियाशील छन् ।
– RSS