जापानमा व्यस्त राजमार्गको सुरुङ भत्किदा सवारी साधन च्यापिएर कम्तिमा पनि ९ जनाको मृत्‍यु

जापानमा एउटा व्यस्त राजमार्गको सुरुङ भत्किदा कयौ सवारी साधन च्यापिएर कम्तिमा पनि ९ जनाको मृत्‍यु भएको छ। राजधानी टोकियोबाट ८० किलोमिटर पश्चिममा रहेको सासागो टनल भत्किदा कयौ सवारी साधनको च्यापिएका थिए । 

 

उद्धारकर्मीहरुका अनुसार टनलको प्रवेशद्धारबाट धुँवा निस्किरहेकोले टनलभित्र आगलागी भएको आशंका गरिएको छ ।

 

दुर्घटनामा मानविय क्षती भए नभएकोबारे अधिकारीहरुले केही बताउन सकेका छैनन् । चुवो द्रुतमार्गमा भएको दुर्घटनामा हताहत हुनेको सन्ख्या बढेको हो।