अफगानिस्तानको जलालाबादस्थित अमेरिका-अफगान संयुक्त एअर बेसमा आत्मघाती आक्रमण

अफगानिस्तानको जलालाबादस्थित अमेरिका-अफगान संयुक्त एअर बेसमा तालिवान लडाकुले गरेको आत्मघाती आक्रमणमा चार अफगान सेना सहित छ जना मारिएका छन् ।

 

आक्रमणमा अरु नेटो सेना घाईते भएको अधिकारीहरुले जनाएका छन् ।

 

अफगान गुप्तचर अधिकारीहरुले आक्रमणमा संलग्न नौ जना सबै आक्रमणकारी मारिएको बताएका छन् । तालिवानले यो आक्रमणलाई अत्यन्त समन्वयात्मक र कठिन ठंगबाट अगाडि बढाएको बताइएको छ ।

 

 नेटोका प्रवक्ताले भने कारमा आएका आक्रमणकारी एअर वेस भित्र पस्न असफल भएको जनाएका छन् । गत फेब्रुअरीमा पनि तालिवानले यही एअर बेसमा गरेको आत्मघाती आक्रमणमा नौ जना मारिएका थिए ।

 

– Agencies