अर्घाखाँचीबासी युरोप फाउन्डेशन एवम दि टाईम्स अफ अर्थका फाउन्डर एवम प्रमुख सप्पन के.सी नेपालमा

काठमाडौं । युरोप फाउन्डेशन एवम दि टाईम्स अफ अर्थका फाउन्डर एवम प्रमुख सप्पन के.सी नेपाल आइपुगेका छन ।


 के.सीले नेपालमा रहदा मुलुकका उच्च अधिकारीहरुलाई समेत भेट्ने छन। साथै उक्त भेट्घाटहरुमा युरोप फाउन्डेशनले आगामी दिनहरुमा नेपालमा गरिने सहयोग एवम भूमिका बारेमा छलफल हुनेछन।


अर्घाखाँचीबासी के.सीले उक्त फाउन्डेशन मार्फत विश्वका कयौ नेपाल भन्दा द्न्द्द ग्रस्त, गरिव देशका स्वास्थ्य, शान्ती लगायतका क्षेत्रमा निरन्तर प्रत्क्षय- अप्रत्क्षय सहयोग गर्दै आएका छन।
 
यसैक्रममा कोलम्बियाको फार्क विद्रोही समुह र सरकार बिचको वार्तामा युरोपेली राष्ट्र नर्वे र दक्षिण अमेरिकन मुलुक क्युवाले खेलेको भूमिका प्रति असन्तुष्ट रहेको उक्त युरोप फाउन्डेशनले विश्व शान्तीका लागि आगामी वर्षको अप्रिल महिना पछि २७ युरोपियन राष्ट्र प्रमुखहरुसँग भेट्घाट एवम साक्षात्कार गर्ने छ। जहाँ नेपालले गरेको शान्ती प्रकियाको उपलब्धीको बारेमा समेत छलफल हुनेछन ।


साथै प्राय समय विदेशमा विताएका के.सीले यस नेपाल बसाई अवधिमा बढी समय पारिवारमा खर्चनुका साथै दि टाईम्स अफ अर्थको दक्षिण एसिया सस्करणको लागि छिमेकी राष्ट्र जानेछन। साथै यस अघि उक्त दक्षिण एसिया सस्करण अन्तर्गत भारतको मुम्बई र नई दिल्ली सस्करण नेपालमा प्रकाशन ल्याइने छ। यसैगरी पाकिस्तानको ईस्लामवादबाट समेत अर्को वर्ष देखी प्रकाशनको थालिने गरिने बताइएको छ।


के.सी फाउन्डर रहेको युरोप फाउन्डेशनले स्वास्थ्य क्षेत्र र विश्व शान्तीका क्षेत्रमा काम गर्दै आएको छ भने द टाईम्स अफ अर्थ कयौ देशहरुमा बिभिन्न भाषा सस्करणमा प्रकासित हुँदै आएको छ।


 

(Additional reporting by Manoj KC Kumar in Europe.)

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.







अन्य समाचारहरु