धादिङ – एमाओवादी जिल्ला सदस्य विजय तामाङको हत्या भएको भोलिपल्ट पूर्व माओवादी कार्यकर्ताको हत्या भएको छ ।
धादिङको दार्खा गाविस- ९ का २८ वर्षीय भीषण सिंखडाको हत्या भएको हो । उनका बाबु मुकुन्द द्वन्द्वकालमा मारिएका थिए । सिंखडाको शव सोमबार राति १२ बजे जंगलमा फेला परेको प्रहरी नायव उपरीक्षक विकासराज खनालले जानकारी दिए ।