गजल: नेतालाई

कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

 

अती भयो भुइको धुलो चटाइ दिउकी नेतालाई
दाम्लो बानी दक्षिण दिसा कटाइ दिउकी नेतालाई


खुन पसिना चुस्तै बिष्ट गर्ने काम मात्र इन्को
हड्डी पस्ली एक बनाइ ठटाइ दिउकी नेतालाई


ज्यू,ज्यू,हजुर भन्दै टाउको माथि कती बोक्नु
नुघाएर पाउमा ढोग्न खटाइ दिउकी नेतालाई


देसको बिजोग देख्दा बरै हिर्दयमा आगो बल्छ
त्यै आगोमा सल्काइ आयु घटाइ दिउकी नेतालाई


साउने झरी हैनउ हामी सागरको सुनामी होउ
जागेर जन्ता धर्ती बाटै हटाइ दिउकी नेतालाई