प्रधानमन्त्रीका लागि पौडेलको प्रस्ताव, देउबाको समर्थन पाए पछीइ कोइराला कांग्रेसबाट सर्वसम्मत् उमेद्वार

नेपाली काँग्रेसले पार्टी सभापति सुशील कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा औपचारिकरुपमै अघि सारेको छ । पार्टी कार्यालय सानेपामा बुधवार बसेको केन्द्रीय  कार्य समिति वैठकले सर्वसम्मतिवाट सभापति कोइरालाको नाममा सहमति गरेको हो ।
कोइरालालाई उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो । त्यसमा बरिष्ठ नेता शेरवहादुर देउवाले समर्थन जनाएपछि सर्वसम्मतिवाट काँग्रेसले उम्मेदवार घोषणा गरेको हो । यसअघि विहान सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पदाधिकारीको अनौपचारिक वैठकले पनि सभापति कोइरालालाई नै अघि सार्ने निर्णय गरेको थियो । 
बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै उपसभापति रामचन्द्र पौडेलले सभापति कोइरालालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको वताउनुभयो । उहाँले भन्नुभयो,