राष्ट्रपतिको कदम असंवैधानिक भएको राजनीतिक मोर्चाको निष्कर्स

राष्ट्रपतिको कदम असंवैधानिक भएको राजनीतिक मोर्चाको निष्कर्स ।।
नेपाल राजनीतिक मोर्चा एनपिएले राष्ट्रपति डा. रामवरण यादवले दलिय सहमतिको आधारमा सरकारको नेतृत्व गर्न प्रधानमन्त्रीको नाम सात दिन भित्र दिन माग गरेकोमा चार दललाई मात्र बोलाएर समय सिमा थप गर्नु असंवैधानिक भएको दावी गरेको छ । आज काठमाण्डूमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मोर्चाले राष्ट्रपतिले सहमतिय आधारमा प्रधानमन्त्रीको माग गरे बमोजिम नेपाल राजनीतिक मोर्चाको तर्फबाट समय सिमा भित्रै प्रधानमन्त्रीका लागि लायन मुस्कान पौडेलको नाम पेश गरेकोमा मोर्चासँग कुनै परामर्श नगरी चार दललाई बोलाई एक हप्ताको समय सिमा थप्ने अधिकार राष्ट्रपतिलाई नभएको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा लायन मुस्कान पौडेलले मोर्चाको तर्फबाट आफ्नो नाम सिफारिस भएकोमा राष्ट्रपतिको कदमले नेपालको अन्तरिम संविधानको अपहेलना, मौलिक अधिकारको हनन र समानताको हक साथै सार्वभौम नेपाली जनताको हकसमेतमा कुठाराघात भएको दावी गर्नुभयो ।  
                                                                                                                   Binod gaire Arghakhanchi