सन्चारकर्मी महिलाहरू सम्मानित

विभिन्न सन्चार माध्यममा रहेर महिला मुद्दा र सवालमा नियमित कलम चलाएवापत राजधानीमा सन्चारकर्मी महिलाहरूलाई सम्मान गरिएको छ । बेलायती दुतावास, महिला मानवअधिकर्मीहरूको राष्ट्रिय सन्जाल र महिला पुनस्र्थापना केन्द्र ओरेकले संयुक्त रूपमा कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा नेपाल समाचारपत्रका टङ्क पन्त, रेडियो नेपालका चन्द्र बानियाँ, कान्तिपुर दैनिकका कल्पना घिमिरे, गोरखापत्रका दैनिक सीता शर्मा, नेपाल टेलिभिजनका आरती चटौत, सामुदायिक सूचना नेटवर्क सीआर्ईएनका लक्ष्मी बस्नेतलगायत १२ छन् । सम्मान समारोहमा नेपालका लागि बेलायती राजदूत जोन टकनकले पत्रकार महिलाहरूले प्रशंसनीय रूपमा महिलाका मुद्दामा कलम चलाएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । आज विश्व स्वयमसेवा दिवसको अवसर पारेर पत्रकार महिलाहरूहरूलाई सम्मान गरिएको आयोजकहरूले जनाएका छन् ।