एक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा दिनप्रतिदिन भ्रष्टार हुने क्रम बढिरहेको छ । विश्वको एक सय ७४ देशमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुनेमा नेपाल १ सय ३९ औ स्थानमा परेको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालसहित विश्वका ५ वटा संस्थाले दुई वर्षको अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार न्युनिकरणमा कुनैपनि सुधार देखिएको छैन । डेनमार्क, फिनल्याण्ड र न्युजिल्याण्ड सवैभन्दा बढी भ्रष्टार हुने मुलुक रहेका छन् भने अफगानिस्तान, उत्तरकोरिया र सोमालिया सवैभन्दा बढी भ्रष्टारचार हुने मुलुकमध्ये रहेका छन् । भ्रष्टाचारको तथ्याङ्क सार्वजनिक गर्दे ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष बिष्णुबहादुर केसीले नेपालमा भ्रष्टाचार बढ्ने क्रममा रहेको बताउनुभयो ।
Binod gaire Arghakhanchi