चेलीबेटी बिक्री गर्ने चार महिला प्रहरी थुनामा

कपिलवस्तुकी एक युवतीलाइ दिल्लीस्थित वेश्यालयमा बिक्री गर्ने चार महिलालाई कपिलवस्तु प्रहरीले पक्राउ गरी  थुनामा राखेको छ । एक वर्षको वेश्यालय जीवनपछि नेपाली युवकको सहयोगमार्फत् स्वदेश फर्किएकी पीडितले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यलय पिपरा कपिलवस्तु आरोपी महिलालाई पक्रेको हो । पक्राउ पर्नेमा जिल्लाको मोतिपुर घर भएकी बर्ष ३२ की माया परियार, प्युठान बाङगेसालकी २० वर्षिय लिला गुरुङ, सोही ठाउकै ३४ वर्षिय गीता मिश्र र बांँके बागेश्वरीकी ३१ वर्षिय बिन्दुवादी कार्की  छन । उनीहरुलाई जिल्ला न्यायाधीश रामकृष्ण खनालको आदेशमा थुनामा राखि कारबाही गर्ने गरी जेल चलान गरिएको प्रहरी सहायक निरीक्षक राजकुमार चापागाईले जानकारी दिनुभयो ।
Binod gaire