–विनोद गैरे,सन्धिखर्क
राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष रश्मीराज नेपालीले बर्तमान सरकार अहिलेसम्मकै राष्ट्रघाती सरकार भएको आरोप लगाउनु भएको छ । राजा, काँग्रेस, एमाले नेतृत्वका सरकारहरुले समेत गर्न नसकेका राष्ट्रघाती सन्धी सम्झौताहरु माओवादी नेतृत्६वको सरकारले गरेको आरोप लगाउदै नेता नेपालीले बर्तमान सरकार वर्खास्तीको विकल्प नरहेको बताउनुभयको छ ।
वर्तमान कामचलाउ सरकार विघटन गरि राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्नेमा जोड दिदै नेपाल अहिले इतिहासकै सबैभन्दा संकटको घडिमा उभिएको वताउनु भयको छ । देश गम्भिर दुर्घटनामा पर्न सक्ने संकेत गर्दै नेपालीले संघियता जस्तो घातक विषयलाई नेपाली जनताको इच्छा विपरित देशमा लाद्न खोज्नु सिधै नेपाललाई भारतमा विलय गर्नु हो र भारत र अमेरीकाको दवावमा नेपाललाई टुक्रा टुक्रा पार्ने प्रयत्न गरिएको भन्दै उहाले भारत र अमेरीकाको लागि पनि नेपाल संघीयतामा जानु अनिवार्य छ तर राष्ट्रिय जनमोर्चाले संघियताको खारेजीको लागी जस्तो सुकै मुल्य चुकाउन पनि पछि नपर्ने ठोकुवा गर्नुभएको छ ।
गणतन्त्रको सुदृढीकरण, संघियताको खारेजी , राष्ट्रियताको रक्षा , राष्ट्रियसहमतीको सरकार गठन ,संबैधानीक प्रकृयाद्वारा संविधान सभाको चुनाव र जातीय तथा क्षेत्रिय सद्भाव कायम गर्न देशव्यपी रुपमा राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको विशाल विरोध सभा लाई सम्वोधन गर्दै नेपालीले यस्तोकुरा वताउनु भएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य कृष्ण के.सी.ले स. संघीयताको खारेजी नभए मुलुक टुक्रा टुक्रा हुने ठोकुवा गर्नुभयो । कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय उपााध्यक्ष सकुन्तला राना, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष बाबुराम पन्थी, रक्तिम सांस्कृतिक अभियानका जीवन पुन लगायतले मन्तव्य राख्दै राष्ट्रिय सहमतीको सरकारको आवश्यकतामा जोड दिनुभयको थियो । कार्यक्रमको विचविचमा रक्तिमका राप्ती लुम्विनी इन्चार्ज जीवन पुनको नेतृत्वमा जनवादी गीत संगीत प्रस्तुत गरिएको थियो। सभाको पूर्व सन्ध्यामा हजारौं रा.ज.मोका सर्मथक हरुले नारा जुलुस सहित सन्खिर्क वजार परिक्रमा गरेका थिए ।
तयस्तै गुल्मि जिल्लाको सदरमुकाम तम्घास स्थीत शहिद चोकमा पनि विशाल बिरोध सभा सम्पन्न भएको छ । तम्घास वजारमा हजारौं रा.ज.मोका सर्मथक हरुले नारा जुलुस सहित परिक्रमा गरि सभामा परिणत भएको कार्यक्रमलाई सम्वोधन गर्दै रा.ज.मो केन्द्रिय बैकल्पिक सदस्य झविलाल थापाले संघियताको झुठ्ठा वकालत गर्दै जनताको आखाँमा छारो हाल्ने दलहरुलाई नेपालमा संघियता लागू गर्न चुनौती दिनुभएको छ , थापाले यदि नेपालमा संघियता जवरजस्ती लाद्न खोजियो भने आफुहरुले हातमा दहि जमाएर नवस्ने भन्दै राष्ट्रिय स्वाभिमान जोगाउन जुनसुकै मुल्य चुकाउन आफुहरु पछि नपर्ने कुरामा जोड दिनु भएको छ । कार्यक्रममा रा.ज.मो गुल्मिका उपाध्यक्ष रामेश्वर पन्थि , अ.ने.रा.स्व.वि.यू (छैठौं)का योतेन्द्रकाउछा लगाएतले मन्तव्य राख्नु भएको थियो कार्यक्रम भिमाकान्त पन्थिको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.