– वीरेन्द्र केसी
नरपानी, अर्घाखाँची । स्थानीयले विरोध गर्न नछाडेपछि बन्द चुनढुंगा उत्खनन् पुनः सञ्चालन हुनेमा अन्योल छ । ढुंगा उत्खननले खानेपानीको मुहान सुक्दै जाँदा सिंगो गाउँ विस्थापित हुने भन्दै पुन उत्खनन गर्न नदिने अडान राखेपछि खुल्ने संभावना कम हुदै गएको छ ।
ढुंगा उत्खननले नरपानीका गाउँलेले खादै आएको लुकामारा मुहानको पानी सुकेको, कम्पनीले २०५५ साल देखि दुई पटक स्थानयिसँग गरेका सम्झौता लागु नगरेको, क्षमता भन्दा बढी टिप्परमा ढुंगा बोकेकाले सन्धिखर्क गोरुसिंगे सडक क्षतविच्छेद भएको लगायतका माग राख्दै ढुंगा उत्खनन सधाकै लागि बन्द गर्नु माग गर्दै राज्य पक्षबाट उत्खनन पुन सुचारु गर्नका लागि दमन गर्ने प्रतिकार गर्ने चेतावनी दिएका छन ।
डाईनेष्टिक कम्पनीको अर्घाखाँची सिमेन्ट प्रा.लि.ले आठ वर्ष देखि नरपानीबाट चुनढुंगा निकाल्दै आएकोमा खानेपानी सुकेको भन्दै स्थानीयले विरोध गरेपपछि उत्खनन रोकिएको छ । मुलुक केही वर्ष पछि सिमेन्टमा आत्मनिर्भर बन्दै गईरहेको बेला स्थानीयको अवरोधले ४० वर्षलाई ढुंगा निकाल्न सकिने नरापनीको खानी एक वर्ष देखि बन्दै छ । यहाको ढुंगाबाट नेपालमै सबैभन्दा उत्कृष्ट सिमेन्ट उत्पादित खानी बन्द हुँदा समेत राज्य पक्षबाट ध्यान पुग्न सकेको छैन । खानी नै ठप्प भएपछि उद्योग संकटमा पुगेको छ । कम्पनीका सञ्चालक एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष पशुपति मुरार्रकाले खानी बन्द हु