काठमाडौ – काँग्रेसका पूर्वमहामन्त्री एवं विघटित राज परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको ८६ वर्षको उमेरमा बिहीबार बिहान २ :१५ बजे पाटन अस्पतालमा निधन भएको छ । उनी दम र मुटुलगायत रोगबाट ग्रसित भएको उनका शुभचिन्तक शङ्कर पौडेलले बिहीबार बिहान राससलाई सो जानकारी दिए ।
पिता लीलाराम र माता कृष्णमायाको कोखबाट दाङमा जन्मेका चौधरी दलीय राजनीति छाडेर विसं २०३७ मा सहयोगीहरूका साथ पञ्चायत प्रवेश गरी शिक्षामन्त्री पनि बनेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । चौधरीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका पशुपति आर्यघाटमा आज मध्याहृन १२देखिअपराहृन ३ बजेसम्म राखिने उनका अर्का शुभचिन्तक हरि सोंडारीले जानकारी दिए । उनको बिहीबारै दाहसंस्कार गरिने छ । रासस