पुन: सहमति हुन विफल भएपछि दलका नेताहरुसंग शीतल निवासमा छलफल

विगतको संविधानसभामा भएका सहमतिको स्वामित्व ग्रहण गर्नुपर्ने सत्ताधारीको माग विपक्षीले अस्वीकार गरिदिएपछि राष्ट्रपतिले दिएको दोस्रो समयसीमाभित्र समेत दलहरुले सहमति जुटाउन सकेनन्।


गत साता दलहरुले सहमतिमा पुग्ने भनी आफुलाई विश्वस्त गराएको भन्दै राष्ट्रपतिले दोस्रो पटकका लागि सातदिने म्याद दिएका थिए।


तर पुन: सहमति हुन विफल भएपछि अब त्यसबारे शुक्रबार बिहान शीतल निवासमा दलका नेताहरुसंग छलफल गरिने निर्णय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताएका छन्।

अघिल्लो साता दलबल सहित पार्टीका नेताहरु राष्ट्रपतिकहाँ पुगेर म्याद थप्न आग्रह गरेको जस्तो दृश्य बिहीबार देखिएन।


दिउँसो बसेको तीन दल र तराई केन्द्रित दलका मोर्चाको बैठक एकैछिन बसेर सकिएको थियो।


त्यसपछि बैठकस्थलबाटै समय थपको माग गर्न लगायतका विषयमा छलफल गर्न नेताहरुले शीतल निवाससंग समय मागेका थिए।

 

बुधबारदेखि बिग्रिएको भनिएको सहमतिको माहौल बिहीबार बसेको दलहरुको बैठकमा पनि सप्रिएन।


बैठकबारे नेपाली कांग्रेसका एकजना महामन्त्री प्रकाशमान सिंहले भने,