कारवादिनो-बालकालियाको उत्तरी ककेसस्मा रुसी टेलिभिजन पत्रकारको गोली हानी हत्या

रुसको छिमेकी मुलुक गणतान्त्रिक कारवादिनो-बालकालियाको उत्तरी ककेसस्मा रुसी टेलिभिजन पत्रकार काज्बेक गेक्कियेभको गोली हानी हत्या गरिएको छ ।


बुधबार राती कार्यक्रम काम सकेर घर फर्कदै गर्दा उनलाई दुई अज्ञात व्यक्तिले परिचय माग्दै टाउकोमा गोली हानेको बताइएको छ । काज्बेक सरकार नियन्त्रित स्थानीय टेलिभिजनमा समाचारवाचक थिए ।


उक्त टेलिभिजनले आफ्ना अन्य पत्रकारलाई पनि विभिन्न धम्की आईरहेको जनाएको छ । रुसमा पछिल्लो समय संचारकर्मीमाथि आक्रमणका घटना बढ्दै गएको छ ।


आज विहान मात्र त्यहाँका उप यातायात मन्त्री बम आक्रमणमा परी घाईते भएको छन् । उत्तरी ककेससमा इस्लामिक विद्रोही विरुद्ध सुरक्षा कारवाही चलिरहेको छ ।

 

– एजेन्सी