जापानमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प पछि सुनामी


जापानमा आज शक्तिशाली भूकम्प पछि सुनामी गएको छ । ७ दशमलव ३ रेक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु जापानको उत्तरपूर्वी तटीय क्षेत्र रहेको बताईएको छ ।

 

यस अघि भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको विवरण नआएपनि सुनामी आउन सक्ने चेतावनी दिईएको  थियो । भूकम्पको झट्का जापानभर महशुस गरेको वताइएको छ ।

भुकम्पको धक्का महशुस गर्नासाथ सर्वसाधारणमा भागदौड मच्चिएको थियो । सन् २०११ को मार्च २ मा आएको बिनाशकारी भूकम्प र सुनामीमा परी जापानमा एक हजार जनाको मृत्यु भएको थियो ।


 

 

– एजेन्सी