सहमतिका लागि राष्ट्रपतिले तेस्रो पटक समयसीमा दिएतापनि सत्तापक्ष तथा विपक्षी दलहरु आ-आफ्ना अडानबाट टसका मस नहुने संकेत नेताहरुले दिएका छन्।
नयाँ संविधानसभाको चुनावमा जानु अघि शासकीय स्वरुप तथा संघीयता जस्ता संविधानको मूल अन्तर्वस्तुमा सहमति बनाइनुपर्ने सत्ताधारीको मागलाई विपक्षी नेताहरुले कुनै हालतमा मान्न नसकिने बताएका छन्।
दुई चोटि सातदिने म्याद दिएका राष्ट्रपतिले तेस्रो पटक अन्तरिम संविधानको धारा ३८ (१) अन्तर्गत शुक्रबार बिहान ६ दिनको म्याद दिएका थिए।
बुधबारदेखि एकाएक दलहरुबीचको बैठकको केन्द्रिय एजेन्डा बन्न पुगेको संविधानको अन्तर्वस्तुमा सहमति हुनुपर्ने भन्ने विषयमा दुई पक्षहरुबीच राय मिल्ने सम्भावना तत्कालका लागि देखिएको छैन।
त्यसलाई प्रष्ट पार्दै विपक्षी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने,