नेपाल महिला संघकी संस्थापक मङ्गलादेवी सिंहको ८७ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेताहरूले सत्ता लम्ब्याएर सत्ताकब्जा गर्ने रणनीतिअन्तर्गतनै एमाओवादीले काँग्रेसको उम्मेदवारी घोषणापछि बोली फेरेको बताएका छन् । माओवादी सहमतिमा नआए अबको लडाई अधिनायकवाद र सत्ताकब्जा विरुद्ध हुने भन्दै नेताहरुले अब पनि बार्गेनिङको धृष्टता नगर्न एमाओवादीलाई आग्रह गरेका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाले माओवादी लोकतन्त्रको मूल्य मान्यताविपरीत गए लोकतन्त्रको लहरले बगाएर लैजाने बताउनु भयो कांग्रेसले मुलुकको राजनीतिक सङ्कट समाधानका लागि अग्रसरता लिएर त्यसको समाधान गरेरै छाड्ने उहाँको भनाई थियो । उहाँले आफू प्रधामन्त्रीको उम्मेदवार भए पनि कुनै अहम् नरहेको र प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शविरुद्ध पार्टीको शिर झुकाउने कुनै काम नगर्ने बताउनुभयो ।