आज डिसेम्बर ८ तारिख, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९८५ डिसेम्बरमा सार्कको स्थापना भएको थियो । सुरुमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भुटान गरी सात सदस्य राष्ट्र रहेकोमा सन् २००५ देखि अफगानिस्तान पनि थपिएपछि सार्कको सदस्य सङ्ख्या आठ पुगेको छ । दक्षिण एसियाली राष्ट्रहरूबीच सम्बन्ध विस्तार गर्ने र गरिबी उन्मूलनका लागि साझा कार्यक्रम सन्चालन गर्ने उद्देश्यले स्थापना भएको सार्कको २८ वर्षमा भएको स्रोतसाधनलाई चाहेजस्तो गरी सदुपयोग गर्न नसकेको विज्ञहरूको भनाइ छ ।
Binod gaire