वैशाखभित्र निर्वाचन गर्नुबाहेक राजनीतिक दलसँग अरु कुनै विकल्प नभएको प्रधानमन्त्री भट्टराईको भनाई

नेपालगन्ज  । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी वैशाखभित्र निर्वाचन गर्नुबाहेक राजनीतिक दलसँग अरु कुनै विकल्प नभएको बताएका छन् । बाँकेमा आज क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले बैशाखभित्र निर्वाचन नभए गणतन्त्र गुम्ने खतरा रहेको बताएका हुन् ।


प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिका लागि दलहरुको कोर्टमा बल भएको भन्दै दलहरुले गर्ने निर्णयमा सरकार बाधक नबन्ने जिकिर गरे ।


एक प्रसंगमा उनले नेपाली कांग्रेसका सभापति सुशील कोइराला मात्रै नभई अन्य नेता पनि प्रधानमन्त्रीको सम्भावित उम्मेद्वार बन्न सक्ने बताए ।


आफ्नो कार्यकालमा भ्रष्टाचार बढेको नभई पहिलदेखिकै भ्रष्टाचारलाई वर्तमान सरकारले कम गर्न खोजिरहेको प्रधानमन्त्रीको भनाई थियो ।

 

– RSS