बिराटनगर – नेकपा एमाले अध्यक्ष झलनाथ खनालले आन्दोलनबाटै निकास खोजिने चेतावनी दिएका छन् ।
एमाले धनकुटाको जिल्ला अधिवेशनमा सहभागी हुन जाने क्रममा बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै खनालले सत्तासिन दल सहमतिको लागि तयार नभएको आरोप लगाए ।
उनले सत्तासिन दलले सहमतिको लागि आलटाल गरिरहे आन्दोलनबाटै निकास निकाल्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपतिले तेस्रो पटक दिएका ६ दिनको समयावधि कट्न नहुने उनको जोड थियो ।
– RSS