बेलायती राजपरिवार र ती नर्स कार्यरत अस्पतालले उनको मृत्युमा गहिरो दुःख ब्यक्त गरेका छन् । फोनको जवाफ दिने भारतीय मुलकी ४६ वर्षिया जेसिन्था सल्दान्हा मृत अवस्थामा भेटिएकी हुन् ।
जेसिन्था कार्यरत किङ अफ सप्तम अस्पतालले फोन मामिलापछि उनलाई निलम्बन नगरेको र कुनै प्रकारको अनुसन्धानात्मक कारवाही पनि नगरेको जनाएको छ । यो घटनाक्रमपछि सल्दान्हाले निकै एक्लो र भ्रमित अनुभव गरेको हुन सक्ने बताइए पनि उनको मृत्युको कारणबारे केही थाहा हुन सकेको छैन् ।
प्रहरीले भने मृत्युलाई शंकास्पद भन्दै जाँंच अगाडि बढाएको छ अष्ट्रेलियाको रेडियोले भने उक्त समाचार प्रसारणलाई एक दुखद घटना भन्दै समाचार प्रसारण गर्ने आफ्ना दुबै प्रस्तुतकर्तालाई हटाएको जनाएको छ ।
गत हप्ता केट सप्तम अस्पतालमा भर्ना भएकी थिइन् । यता रेडियोबाट फर्जी फोन गर्ने दुई जना प्रस्तुतकर्तालाई पनि रेडियोले हटाएको छ । उनीहरुले दुई दिन अघि बेलायती महारानी र चाल्र्स बनेर अस्पतालमा फोन गरेका थिए ।