जति पटक चुनाव गराएपनि संविधान बन्दैन् : माओवादी प्रवक्ता भुसाल

– शोभाखर पन्थी

 

सन्धिखर्क, अर्घाखाँची । नेकपा-माओवादीका प्रवत्ता पम्फा भुसालले अहिलेको नेतृत्व र दलहरु रहेसम्म जति पटक संविधान सभाको चुनाव गराएपनि संविधान नलेखिने बताउनु भएको छ ।   

 

 

 

नेकपा-माओवादी अर्घाखाँचीको पहिलो जिल्ला सम्मेलनको सदरमुकाम सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले विवाद समाधान उपसमितिका नाममा संविधान सभालाई आफ्नो गन्तव्यमा जान नदिई बन्दक बनाउने र मध्यरातमा संविधान सभाको अवसान गराउने असफल तिन दलको नेतृत्व हावि रहेसम्म  कहिल्यै संविधान नलेखिने बताउनु भयो ।

 भुसालले प्रधानमन्त्री भट्राई, एमाओवादी अध्यक्ष प्रचण्ड,नेपाली काग्रेस, एमाले र मधेशी मोर्चाका कारण संविधान सभाको विघटन भएको जिकिर गर्दै तिनै दलहरुले पुःन संविधान सभाको निर्वाचनको कुरा गर्नु हास्यास्पद भएको बताउनु भयो ।


 राष्ट्पति यादवले असफल  दलहरुलाई सहमतिको प्रधानमन्त्री तय गर्न समय निर्धारण गर्नु गलत भएको दावी गर्दै दोस्रो पटक थपिएको समय अवधिमा पनि दलहरुले सहमतिको प्रधानमन्त्री दिन नसक्ने उहाँको भनाई छ ।


 ८३ दल भएको मुलुकमा ४ दललाई मात्रै सहमतिको प्रधानमन्त्री ल्याउ भन्नु नै राष्ट्पतिको गम्भिर भूल भएको भन्दै उहाँले अगाडी भन्नु भयो – विघठित संविधान सभामा ९१ सिट रहेको आफ्नो पार्टीको सहमति विना गरिने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई मान्य हुने छैन् ।


 बर्तमान सरकारका कारणे ईतिहासमै  मुलुकको राष्ट्यिता गम्भिर संकटमा परेको बताउदै भुसालले राष्ट्यि स्वाधिनताका लागि सुरुङ्ग युद्ध लड्छौ भन्नेहरुलेनै राष्ट्प्रति गद्यारी गरेको आरोप लगाउनुभयो ।


पार्टीको माहाधिवेशन पछि  राष्ट्यि स्वाधिनताको पक्षमा आन्दोलन गर्ने चेतावनी दिदैँ उहाँले भन्नुभयो