ईजिप्टका राष्ट्रपति मोहोहद मुर्सीले विवादास्पद अध्यादेश खारेज गर्नुभएको छ । राष्ट्रपतिको अधिकार बढाउने सम्बन्धी अध्यादेशको विरोधमा दुइृ हप्तादेखी लगातार प्रदर्शन भएपछि राष्ट्रपति मुर्सीले उक्त अध्यादेश खारेजीको घोषण गर्नुभएको हो ।
अध्यादेश खारेज गरिएपनि नयाँ संविधानको मस्यौदा अनुमोदन गराउन डिसेम्बर १५ तारीखको लागि घोषणा गरिएको जनमत संग्रह भने निर्धारीत मितिमै सम्पन्न हुने राष्ट्रपति कार्यालयले जनाएको छ । ईजिप्टमा राष्ट्रपति मुर्सीको प्रभाव रहेको संवैधानीक परिषदले नयाँ संविधानको मस्यौदा तयार पारेको छ । सोही मस्यौदा पारीत गराउन राष्ट्रपतिले विवादास्पद अध्यादेश जारी गरेको भन्दै विपक्षीहरुले चर्को आलोचना गर्दै आएका थिए ।