तालीवानको गोली लागी घाइते भएकी पाकिस्तानी किशोरी मलालालाई भेट्न पाकिस्तानी राष्ट्रपति बेलायतमा

तालीवान बिद्रोहीको गोली लागी घाइते भएकी पाकिस्तानी किशोरी मलाला युसुफजाईलाई भेट्न पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी बेलायत पुग्नुभएको छ ।

 

भेटका क्रममा राष्ट्रपति जरदारीले मलाला एक असाधारण र राष्ट्रका लागि गौरबका रुपमा रहेको प्रतिक्रिया दिनुभएको छ । लामो समयदेखी बेलायतको अस्पतालमा उपचार गराईरहेकी मलालालाई भेट्नकै लागि राष्ट्रपति जरदारी बेलायत पुग्नुभएको हो ।

 

गत अक्टोबरमा बिद्यालयबाट घर फर्कने क्रममा मलालालाई तालीवानी बिद्रोहीले गोली प्रहार गरेका थिए । टाउकोमा गोली लागेका उनलाई थप उपचारको लागि बेलायत लगिएको हो । हाल उन्को स्वास्थ्यस्थिती सामान्य बन्दै गएको बेलायती चिकित्सकहरुले जनाएका छन् ।

 

– Agencies