चुन ढुङ्गा उत्खनन पुन संचालनमा ल्याएको भन्दै नरपानीका बासिन्दा आन्दोलित

-शोभाखर पन्थी

 

नरपानी, अर्घाखाँची । एक बर्ष देुखि बन्द रहदै आएको चुन ढुङ्गा उत्खनन पुन संचालनमा ल्याएको  भन्दै नरपानी र आसपासका गाविसका बासिन्दाहरु आन्दोलित भएका छन् ।

 

 

 

चुन ढुङ्गा उत्खननका कारण खानेपानिका मुहानसुकेको र बातावरणिय तथा पर्यावरणिय क्षती भएको भन्दै स्थानिय बासिन्दाहरुले २०६८ कार्तिक २० गते देखि नरपानीमा संचालित चुन ढुङ्गा उत्खननको सवै कामकाज पुर्ण रुपमा ठप्प पादैं आएका थिए । डाईनेष्टिक कम्पनीले मंसिर २२ गते देखि उत्खनन क्षेत्रको कंक्रिट र गिट्टी उठाउन थालेपछि पुन सुचारु भएको भन्दै स्थानिय बासिन्दाहरु आन्दोलित भएका हुन ।

शनिवार देखि उत्खनन क्षेत्रमा हुन थालेको काम पुन अवरुद्ध भएको छ भने स्थानिय बासिन्दाहरुले चरण बद्ध रुपमा आन्दोलन थालेका छन् । दुर्इ दिन यता नरपानीमा प्रर्दशन विरोध सभा लगायत का कार्यक्रम भईरहेका छन् ।


सुरुमा एकजुट भएर चुन ढुङ्गा उत्खनन विरुद्ध संर्घषमा उत्रिएका स्थानिय बासिन्दाहरु बिच नै अहिले फाटो आएको छ । एकथरी जसरी पनि खानी संचालन गर्ने पक्षमा लागेका छन् भने अधिकांश  जनताहरु कम्पनिले विगतमा गरेका संझौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै खानी चल्नै नदिने पक्षमा लागेका छन् ।


स्वयं स्थानिय बासिन्दा नै २ भागमा विभाजित बनेपछि नरपानिमा पटक पटक झडपको अवस्था समेत बन्दै गएको छ । खानी संचालकले सघर्ष समितिका सदस्य लाई कुटपिट गरेर द्धन्द्धको अवस्था सिर्जना गराएको संघर्ष समितिका अध्यक्ष पदम केसिले बताए । उनले आफुहरुलाई पनि पटक पटक कम्पनिको तर्फबाट धम्कि आएको गुनासो गरे ।


चुनढुङ्गा उत्खननको विषयमा जसरी स्थानिय बासिन्दा हरु बिच विवाद छ त्यसैगरी जिल्लमा क्रियाशिल दलहरु पनि दई खेमामा विभाजित बनेका छन् ।

 

एकिकृत नेकपा माओवादी,काग्रेस एमाले को जिल्ल नेतृत्व खानी संचालनको पक्षमा छ भने एमाओवादी बाट फुटेर बनेको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, एकिकृत क्रान्तीकारी बन्दको पक्षमा लागेका छन् । ठुला दलका दोस्रो पुस्ताका केहि नेताहरु समेत बन्दकै पक्षमा देखिएका छन् ।

खानी संचालन र बन्द बारे जिल्ला भित्रै मतएकता बन्न नसक्दा चुन ढुङ्गा उत्खनन लेकस्तो रुप लिने हो भन्ने अनुमान गर्ने अवस्था नभएको जिल्लाका वुद्धि जिवी हरुको भनाई छ । प्रशाशनले खानी स्थलमा ठुलो सख्यामा प्रहरी परिचालन गरेको छ भने आन्दोलनकारीहरुले पनि जस्तो सुकै मुल्य चुकाएर भएपनि खानी बन्द नै गर्ने पक्षमा छन् ।दुवै पक्षको हठका कारण हुन सक्ने संभावित भिडन्त प्रति स्थानिय बासिन्दाको चिन्ता छ ।

यसैबिच चुनढुङ्गा उत्खनन संर्घष समितिले आइतवार नरपानिमा विरोध सभा संपन्न गरेको छ। विरोध सभामा मन्तव्य राख्ने बक्ताहरुले राज्य शक्तीको आडमा खानी संचालन गरिए प्रतिकारमा उर्तने चेतावनि दिएका छन् । स्थानिय साधन स्रोत माथि स्थानिय जनताको अभिकार भएको बताउदै खाने पानिको सुनिश्चतता र बातावरणिय  तथा पर्यावरणिय सुरक्षाको ग्यारेन्टि नभए सम्म खानी संचालन हुनै नसक्ने चेतावनी दिए ।


यसरी मन्तव्य राख्ने हरुमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय नेता शेर बहादुर वि.सि नेकपा माओवादीका जिल्ला सह ईन्चार्ज भोला बस्याल एकिृत नेकपा माओवादीका बावुराम आर्चाय राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव थम्मन के.सि संघर्ष समितिका अध्यक्ष पदम के.सि लगायत हुनु हुन्थ्यो ।


पिताम्वर खासुको अध्यक्षता र कृष्णलाल पुरिको संचालनमा संपन्न विरोध सभामा शिव मदन उमाविका प्राचार्य राजेन्द्र पौडेल, नेकपा माओवादीका राज्य समिति सदस्य पिताम्वर पोख्रेल, स्थानिय वुद्धिजिवी धुव्र श्रेष्ठ ,सिद्धि प्रसाद भट्टराई, गिता अधिकारी, हुम बहादुर पहराई लगायतले आन्दोलनको ओैचित्यतताबारे प्रकाश पार्नु भएको थियो ।

 

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु