– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अहिलेको नेतृत्व र दलहरु रहेसम्म जति पटक संविधान सभाको चुनाव गराएपनि संविधान नलेखिने प्रबक्ता भुसालको दाबी छ ।
उहाले प्रचण्ड र बाबुरामले क्रान्ती र नेपाली जनतालाई धोका दिएर सत्तामा रहीरहनका लागि भारतको दलाली गरेको आरोप लगाउदै आफनो पार्टीको केन्द्रिय महाधिवेशनपछि दलालको विरोधमा र राष्ट्रिय स्वाधीनताको पक्षमा सडक आन्दोलनमा उत्रिने दावी गर्नु भयो ।
क्रान्तीकारी पत्रकार महासंघ अर्घाखाँचीले आज बिहान सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबक्ता भुसालले प्रधानमन्त्री भट्राई, एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली काग्रेस, एमाले र मधेशी मोर्चाका कारण संविधान सभाको विघटन भएको जिकिर गर्दै तिनै दलहरुले पुःन संविधान सभाको निर्वाचनको कुरा गर्नु हास्यास्पद भएको बताउनु भयो ।
बाबुराम र प्रचण्डले क्रान्ती र जनतालाई धोका दिए, उहाले भन्नु भयो , जनयुद्धमा १७ हजार जनता मारिए, हाम्रा पनि १३ हजार मारिए, उनैले घरसम्पत्ती कब्जा गर्न लगाउदा कार्यकर्ता सहदि भए भारतीय विस्तारवाद भन्दै सुरुङ युद्धको लागि सिमासम्म गएर जमिन खनियो तर आज भारतको दलाल बनेर देश बर्बाद बनाउदै गएकाले उनीहरुस