सर्वोच्चद्धारा सहमतीय सरकार गठनका लागि आब्हान गरेको बारेमा राष्ट्रपतिलाई कारण देखाउ आदेश जारी

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि आब्हान गरेको पहिलो ७ दिनको समयसीमा भित्र परेको निवेदन माथि कुनै निर्णय नगरी अर्को आब्हान गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको छ ।

 

प्रधानन्याधीश खिलराज रेग्मीको एकल इजालसले राष्ट्रपति कार्यालयलाई कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।

राष्ट्रपति यादवले आब्हान गरेको ७ दिनको समयसीमा भित्र प्रधानमन्त्रीको उम्मेदवार भन्दै निवेदन दर्ता गर्ने किशोरी महतोले राष्ट्रपति कार्यालय विरुद्ध रिट दायर गरेका थिए ।


प्रधानमन्त्री हुनको लागि आफुले राष्ट्रपति कार्यालयमा १५ दलको समर्थन भएको प्रमाणसहित निवेदन दिएकोमा सो निवेदनमा कुनै कारबाही नगरी दोस्रो पटक समहतीय सरकार गठनका लागि आब्हान गरेर आफुलाई अन्यायमा पारिएको महतोको दावी छ ।


रिटमा राष्ट्रपति कार्यलय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई विपक्षी बनाईएको छ ।

 

– RSS