काठमाडौ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई २५ दिनअघि भृकुटीमन्डपमा झाप्पड हान्ने पदम कुँवरलाई काठमाडौं प्रशासन कार्यालयले मंगलबार मुक्त गरेको छ ।
कुँवरका लागि २८ हजार रुपैयाँ धरौटी एमाओवादी अध्यक्ष दाहालले नै प्रशासन कार्यालयमा जम्मा गरेपछि कुँवर मुक्त भएका हुन् । प्रशासनले यसअघि सोमबार २८ हजार धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएकोमा धरौटी तिर्न नसक्दा कुँवर जेल चलान भएका थिए ।
काठमाडौं प्रशासनले कुँवरलाइ उनका भिनाजु भिम भारतीको जिम्मा लगाएको छ । एमाओवादी अध्यक्ष दाहालकै तर्फबाट धरौटी रकम आएपछि कुँवर थुनामुक्त भएको काठमाडौंका सिडिओ चुडामणि शर्माले जानकारी दिए । दाहालका सहयोगी शिव खकुरेल धरौटी रकम लिएर प्रशासन कार्यालय पुगेका थिए । सिडिओ शर्माका अनुसार कुँवरलाइ ७ दिनको तारेखमा छाडिएको छ । उनको अन्तिम फैसला हुन बाँकी छ ।
प्रशासन कार्यालयबाट भिम र पदम प्रहरीको गाडीमा केन्द्रिय कारागार गएका छन् । त्यहाँ अभिलेख राखेपछि उनी मुक्त हुनेछन् ।
विदेशीमा रहेका नेपालीहरुको दिएको धरौटी रकम लिएर प्रशासन पुगेका भिमलाई प्रशासनले धरौटी वाफतको रकम २८ हजार तिर्नु नपर्ने बताएको थियो । ‘मलाई धरौटी तिर्नु पर्दैन्, माथीबाट यस्तो आदेश आएको छ भने’ भिमले भने । उनले अन्तिम घडीमा दहालले धरौटी तिरेकोमा आफुहरु सन्तुष्ट नभएको बताएका छन् ।
यसैगरी अब पदमले आफुलाई कुट्ने बिरुद्ध जाहेरी दिने पनि भिमले बताएका छन् । ‘एउटा मुद्धा किनारा लाग्यो अब हामी अर्को मुद्धाको तयारीमा छौं’ भीमले भने
काठमाण्डौ । २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा जेल चलान भएका एमाओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवर छुटेका छन।
जिल्ला प्रशासन कार्यालयले कुँवरसँग धरौटी तिर्न रकम नभएको समाचार सार्वजनिक भएपछि विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएका हुन् । कुँवरका भिनाजु भीम भारतीका अनुसार –