प्रचण्डले खाएको थप्पडको मुल्य जम्मा २८ हजार ,थप्पडको रकम आँफै तिरिदिए पछी पदम कुवर जेल मुक्त्त
मंसिर २६ गते, २०६९ मा प्रकाशित
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवर जेलबाट छुटेका छन् । प्रचण्ड आफैंले धरौटी रकम बुझाएपछि कुँवर हनुमानढोकाबाट रिहा भएका हुन् ।
धरौटी रकम तिर्न नसकेर जेल जानुपरेको खबर थाहा भएपछि प्रचण्डले मंगलबार बिहान आफ्ना सहयोगी मार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २८ हजार रुपैंया धरौटी तिरिदिनुभएको हो । प्रचण्डले आफूलाई थप्पड हान्नेलाई पहिले नै माफी दिएपनि यो घटनालाई तोडमोड गर्न खोजिएपछि अध्यक्ष आफैंले धरौटी रकम तिर्नुभएको उहाँको निजी सचिवालयको भनाई छ ।
जेलबाट कुँवर छुट्ने बित्तिकै उनका समर्थकले अबीर र माला लगाईदिएका थिए । केहीबेर कुँवरको समर्थनमा नाराबाजी समेत भएको थियो ।
प्रचण्डले धरौटी बुझाएकोमा असन्तुष्टी
यसैबीच प्रचण्डले धरौटी बुझाएकोमा कुँवरका परिवारले भने असन्तुष्टी जनाएका छन् । विदेशमा रहेका आफन्त र साथीभाइको सहयोगमा आफूहरुले धरौटी तिर्न खोज्दा प्रहरीले रोकेको भन्दै पदममा भिनाजु भीम भारतीले असन्तुष्टी जनाउनुभयो ।
प्रचण्डले दिएको रकम आवश्यक नभएको भारतीको भनाई छ ।
मंसिर १ गते काठमाडौंको भृकुटीमण्डमा एकीकृत माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेका थिए ।