-गणेश खनाल
पोखराथोक, अर्घाखाँची । हरिहर संस्कूत तथा साधारण उच्च माध्यामीक बिधालय पोखराथोक अर्घाखाँचीले आज कलश यात्रा, प्रचारात्मक झाँकी बाजागाजा सहित रयाली निकालेको छ ।
नेपालकै पुरानो यो बिधालय मध्ये एक यो संस्कूत तथा साधारण उच्च माध्यमीक बिधालयले भोली देखि मंसिर ३०, ११२ औ हरिहर जयन्ती समारोह गर्न लागेको छ । हरिहर जयन्ती समारोह मनाउनको लागी सम्पूर्ण तयारी पुरा भईसकेको कुरा मुल समारोह समितिका अध्यश्र अच्युत गौतमले जानकारी दिएका छन ।
समारोहको प्रमुख अतिथी राष्ट्रपति डा.रामबरण यादब तथा शिक्षा मन्त्री दिना नाथ शर्माको आगमन हुने र प्रमुख अतिथीबाट मुल समारोहको उदघाटन गरीने कुरा बिधालय मुल समारोह समितिले जानकारी गराएको छ ।
टोटल ३२ बिघा जमिन बिधालय सग भएपनी बिधालयले नेपाल सरखारको निति नियम अनुसार लिजमा दिन नपाएको कारण जमिन अनुसार आम्दानी गर्न नसकेको कुरा पुर्व शिश्रक राम बहादुर मानव बताउदछन् ।
राष्टपती यादबद्धारा, मुल समारोहको उदघाटन, बिधालयको मुखपत्र किरण स्वर्णड.कको, हिरक महोत्सव स्तम्भको लोकार्पण, महामानब हरिहर गौतम महापन्डित दधिराम मरासिनी र सरस्वती भवानीको मुर्तिको अनावरण गर्ने कार्यक्रम रहेको बुझिएको छ । त्यसैगरी मन्त्रि दिनानाथबाट , नवनिर्मीत बिधालय भवन, पुस्तकालय भवनको उदघाटन र शिलन्यास आदीका कार्यक्रम रहेका छन ।
कार्यक्रमको अन्तिम दिन, मसिर ३० गते शान्ति तथा पुननिर्माण मन्त्रि टोप बहादुर रायमाझीद्धारा समापन, पुरस्कार बितरण आदी कार्यक्रम भएको सार्वजनीक गरीएको छ ।
पूर्व मन्त्रि काशी नाथ गौतम, मोदनाथ प्रश्रित, ढुन्डिराज शास्त्री, पूर्व सभासद पुस्पा भुसाल लगायत पूर्व सचिव युबराज पान्डे लगायत थुप्रो नेता र बिद्धानहरुले यो बिधालयमा अध्यन गरेका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।