– वीरेन्द्र केसी
पोखराथोक, अर्घाखाँची । राष्टपति डा. रामवरण यादवले नेता र दलको त्रुटीले संविधान बन्न नसकेको बताए । उनले नेता र दल गंभिर नबन्दा संविधानसभा विघटन भएकाले देशमा समस्या आएको बताए ।
नेपालकै तेस्रो विद्यालय पोखराथोक स्थित हरिहर संस्कृत तथा साधारण उमाविको हीरक महोत्सवको उदघाटन गर्दै यादवले निकासको बीच बाटोमा रहेकाले सबै दललाई एकै ठाउँमा बसालेर निकास निकाल्न आफु लागेको बताए।
राणा शासन र पंञ्चायत समेत व्यहोरेर आएकाले राष्टपतिबाट देशलाई अप्ठयारो पार्ने काम नहुने भएकाले राष्टपति सक्रिय हुन खोज्यो भन्दा पनि कसरी राजनीतिक संकटको समाधान हुन्छ भन्ने तिर लाग्न दललाई आग्रह गरे । चार वर्षसम्म दल र नेताकै त्रुटीका कारण संविधान बन्न नसकेको त्रुटीलाई गंभिर रुपमा लिनुपर्ने बताए ।
शिक्षा मन्त्री दिननाथ शर्माले सहमतिको आधारमा सबै दल मिल्नुको विकल्प नभएको बताउदै सकारात्मक राष्टपतिको भुमिकालाई ध्यान दिनुपर्ने बताए । उनले सरकारले चुनावको मिति तोक्ने र एक साता भित्र सहमति गरेर निकास निकाल्ने तयारीमा रहेको बताए ।
– – – – – – –
टोटल ३२ बिघा जमिन बिधालय सग भएपनी बिधालयले नेपाल सरखारको निति नियम अनुसार लिजमा दिन नपाएको कारण जमिन अनुसार आम्दानी गर्न नसकेको कुरा पुर्व शिश्रक राम बहादुर मानवले बताए।
राष्टपती यादबद्धारा, मुल समारोहको उदघाटन, बिधालयको मुखपत्र किरण स्वर्णड.कको, हिरक महोत्सव स्तम्भको लोकार्पण, महामानब हरिहर गौतम महापन्डित दधिराम मरासिनी र सरस्वती भवानीको मुर्तिको अनावरण गरेका थिए। त्यसैगरी मन्त्रि दिनानाथबाट, नवनिर्मीत बिधालय भवन, पुस्तकालय भवनको उदघाटन र शिलन्यास गरेका थिए।
कार्यक्रमको अन्तिम दिन, मसिर ३० गते शान्ति तथा पुननिर्माण मन्त्रि टोप बहादुर रायमाझीद्धारा समापन, पुरस्कार बितरण आदी कार्यक्रम भएको सार्वजनीक गरीएको छ ।
पूर्व मन्त्रि काशी नाथ गौतम, मोदनाथ प्रश्रित, ढुन्डिराज शास्त्री, पूर्व सभासद पुस्पा भुसाल लगायत पूर्व सचिव युबराज पान्डे लगायत थुप्रो नेता र बिद्धानहरुले यो बिधालयमा अध्यन गरेका थिए ।
(Additional reporting by Prem Narayan Acharya in Arghakhanchi)
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।