एकीकृत माओवादी र नेपाली काँग्रेसका नेताले थपिएको समय भित्र सहमति जुट्ने आशा व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको साझा उम्मेदवार सिफारिस गर्न यस अघि पटक पटक गरी दिएको २० दिने म्याद सकिएपछि राष्ट्रपति रामबरण यादवले दलहरुलाई बिहीबार चौथो पटक पाँच दिनको म्याद दिएका छन्।
पछिल्लो पटक थपिएको म्याद भित्र पनि सहमति नभए आफु र दलका नेताहरुको समेत अस्तित्व संकटमा पर्ने चेतावनीपूर्ण शैलीमा राष्ट्रपतिले गम्भीर बन्न आग्रह गरेको नेताहरुले बताए।
थपिएको म्याद भित्र सहमति जुट्न सक्ने सम्भावना रहेको एकीकृत माओवादी र नेपाली काँग्रेसका नेताहरुले बताएका छन्।
“राष्ट्रपतिले सहमति नजुटे आफ्नो र दलका नेताहरुको अस्तित्वकै गम्भीर कुरा गर्नु भएको छ, मलाई के लाग्छ भने पाँच दिनमा सहमति जुट्छ”
एकीकृत माओवादीका प्रवत्ता अग्नि सापकोटाले भने ।
यस अघि दुई पटक सात-सात दिनको र तेस्रो पटक ६ दिनको म्याद दिएका राष्ट्रपतिले बिहीबार बिहान प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गरी उनीहरुकै आग्रहमा पाँच दिनको म्याद थपेको उनका सल्लाहकारहरुले बताएका छन्।
तर के अब थपिएको म्याद भित्र सहमति होला? अथवा नभए परिस्थिति कस्तो बन्ला भन्ने जिज्ञासा आम जनसमुदायमा ह्वात्तै बढेको पाईन्छ।
पाँच दिन भित्र सहमति जुट्ने सम्भावना छ? भन्ने प्रश्नमा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले राष्ट्रपति र दलहरुबीच भएको कुराकानीको सन्दर्भ कोट्याउँदै भने,