इजिप्टमा बिपक्षीहरुद्धारा बिदेशी पर्यवेक्षकको उपस्थितिमा जनमत संग्रह गराएमा जनमत संग्रह बहिष्कार नगर्ने घोषणा

इजिप्टमा आगामी शनिबार हुन लागेको जनमत संग्रह बहिष्कार गर्ने घोषणा गरेका बिपक्षीहरुले बिदेशी पर्यवेक्षकको उपस्थितिमा जनमत संग्रह गराएमा जनमत संग्रह बहिष्कार नगर्ने घोषणा गरेका छन ।

 

साथै बिदेशी पर्यवेक्षक बिना राष्ट्रपतिले जनमत संग्रह गराएमा आफूहरुले त्यसको बहिष्कार गर्ने चेतावनी पनि बिपक्षीहरुले दिएका छन् । यसअघि इजिप्टको बिपक्षी गठबन्धन राष्ट्रिय मुक्ति मोर्चाले बिबादास्पद संबिधानको मस्यौदाको पक्षमा हुने जनमत संग्रहमा मतदान नगर्न आफना समर्थकहरुलाई सुझाएको थियो ।

 

 इिजिप्टमा इस्लाम प्रभावित संवैधननिक परिषदले हालै नयाँ संविधानको मस्यौदा तयार गरेको छ । उक्त मस्यौदा अनुमोदन गर्न हुने जनमत संगह दुई चरणमा गरीने ईजिप्ट सरकारले जनाएको छ । पहिलो निर्वाचन आगामी डिसेम्बर १५ मा र अर्को डिसेम्बर २२ मा हुनेछ ।

 

– Agencies