थाइल्याण्डका पूर्व प्रम माथि ट्याक्सी चालकको मृत्युको आरोपमा मुद्धा

थाइल्याण्डका पूर्व प्रधानमन्त्री अभिजित भेज्जाजिभालाई राजनीतिक हिंसाका क्रममा सेनाले गोली हानी मारेको ट्याक्सी चालकको मृत्यु सम्बन्धमा औपचारिक मुद्धा लगाइएको छ ।

 

सन् २०१० मा अभिजित प्रधानमन्त्री रहेका बेला उनको बहिर्गमनको माग गदै हजारौले प्रदर्शन गरेका थिए ।

 

प्रदर्शन दबाउन उनले सेनालाई राजधानी बैंककमा गोली हान्नेसम्मको आदेश दिएका थिए । दुई महिना भन्दा लामो समयसम्म भएको हिंसात्मक प्रदर्शनका क्रममा सर्वसाधरण र सेना गरि ९० भन्दा बढी मारिएका थिए । हत्याको आरोपलाई भने अभिजितले अस्वीकार गर्दै आफ्नो निर्दोषिता प्रमाणित गर्ने बताएका छन् ।

 

उनका समर्थकहरुले मुद्धा राजनीति पे्ररित भएको आरोप लगाएका छन् ।

 

– Agencies