संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमा जारी राजनीतिक गत्यावरोधप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।
उहाँले भावी चुनावका लागि अनुकूल वातावरण बनाउन प्रमुख साझेदार दलहरुलाई प्रोत्साहित गर्नुभएको महासचिवका प्रवक्ताले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
महासचिव मुनले ढीलो नगरी राष्ट्रिय हितका विषयमा एकमत हुन राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुलाई आग्रह गुर्नभएको छ ।
साथै उहाँले विस्तृत शान्ति सम्झौतामा दलहरुले जनाएको प्रतिवद्धतालाई स्मरण गराउँदै जनताले पछिल्ला केही वर्षमा प्राप्त गरेका उपलब्धीको रक्षामा समेत जोड दिनुभएको महासचिवका प्रवक्ताद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।