इजिप्टमा चर्को विवाद र लगातारको विरोध प्रदर्शनबीच नयां संविधान अनुमोदनका लागि जनमत संग्रह

 इजिप्टमा चर्को विवाद र लगातारको विरोध प्रदर्शनबीच नयां संविधान अनुमोदनका लागि आज जनमत संग्रह भएको छ। राष्ट्रपति मोहम्मद मुर्सी र उहांको मुश्लिम ब्रदरहुड पार्टीले संविधानका पक्षमा व्यापक अभियान चलाएका थिए ।


तर विपक्षीहरुले भने संविधानको मस्यौदा इस्लामिकहरुको पक्षमा रहेको भन्दै विरोध गरेका छन् । उनीहरुले नयां संविधान अनुमोदन भए त्यसले मुलुकलाई विभाजित गर्ने तर्क गरेका छन् । विपक्षीहरुको लगातारको विरोध प्रदर्शन हिंसात्मक बनेपछि धेरै जना मारिएका छन् भने कैयौ घाईते भएका छन् ।


दुई चरणमा हुने जनमत संग्रहका लागि करिब २ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रपति मुर्सीले सुरक्षाको जिम्मा सेनालाई दिनु भएको छ ।

 

राजधानी कायरो, अलेक्जेन्ड्रिया र अरु आठ राज्यमा आज मतदान हुंदैछ ।


बांकी राज्यमा अर्को हप्ता मतदान हुने छ । मतदानका लागि ५ करोड १० लाख मतदाता त्यहांको निर्वाचन आयोगले जनाएको छ ।

 

– Agencies