गजल: बाध्यता

तिमलाई छोड्नु चाहा हैन, बाध्यताले छोडे प्रिय !!
प्रितीको फुलवारीको ,राम्रो फुललाई गोडे प्रिय !!!

वाचा कसम थियो हाम्रो, संगै जिउने संगै मर्ने !!
खाएका ति सवै कसम, आज मैले तोडे प्रिय !!!

आफ्नो लागी नभएर ,अरुको नै खुसी देख्न !!
तिम्रो सिउदो भर्ने सिन्दुर, अरुलाई नै भरे प्रिय !!!

घरि घरि उनको यादले ,मलाई नसतायोस् भनी !!
सम्झनाका सौगात सवै ,खोजी खोजी फोडे प्रिय !!!

सधैभरि मेरै यादमा, तड्पिएर नबस्नु है !!
नाता जोड्नु अरु संगै ,मैले अन्त्यै जोडे प्रिय  !!!


                                            राम खड्का
                                        खन