एकीकृत माओवादी सम्बद्ध सयौ मजदुर नेकपा-माओवादी सम्बद्ध मजदुर सङ्गठनमा प्रवेश
पौष १ गते, २०६९ मा प्रकाशित
काठमाडौँ । एकीकृत नेकपा माओवादी सम्बद्ध ३ सयभन्दा बढी मजदुर नेकपा-माओवादी सम्बद्ध मजदुर सङ्गठनमा प्रवेश गरेका छन् ।
-माओवादी सचिव नेत्रविक्रम चन्दले ललितपुरको कुपण्डोलमा आज एक कार्यक्रमबीच ती मजदुरहरुलाई टीका लगाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घमा प्रवेश गराएका हुन् ।
संगठनमा नवप्रवेशी मजदुरलाई स्वागत गर्दै -माओवादी सचिव चन्दले आजको मजदुरको विद्रोहले माओवादी आन्दोलन सुदृढीकरणका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा चन्दले विदेशीको इशारामा जनताको भविष्यमाथी कुल्चेर शासन गर्नेहरुलाई आजको मजदुर विद्रोहले गतिलो झापड दिएको बताए ।
आज माओवादीमा प्रवेश गर्नेहरुमा अधिकांश प्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर मजदुरहरु रहेका जनाइएको छ ।