भर्खरै गठित वैद्य माओवादीको दस्तावेज बजारभरि, पुरानो पार्टी प्रचण्डको दस्तावेज कता छ अत्तोपत्तो छैन

नेकपा माओवादीको महाधिवेशन पौष २५ देखि काठमाडौंमा हुँदैछ भने एमाओवादीको महाधिवेशन माघ २० देखि हेटौडामा । वैद्यपक्षीय माओवादीले महाधिवेशनमा पेश गर्ने दस्तावेजको मस्यौदा कार्यकर्तामाझ छलफलका लागि पठाइसकेको छ । तर, एमाओवादी अध्यक्ष प्रचण्डले अहिलेसम्म दस्ताबेज लेख्न भ्याएका छैनन् ।



एमाओवादीको दस्तावेज तयार पार्ने जिम्मा यसअघि प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तीन जनाले लिएका थिए । तर, पछिल्लो बैठकले यो जिम्मेवारी प्रचण्ड एक्लैलाई सारेको छ । विगतमा दस्तावेज लेख्न राजधानी बाहिरको होटलतर्फ जाने गरेका प्रचण्डले राजनीतिक व्यस्तताका कारण होटलमा आराम गर्न जान भ्याएका छैनन् ।



प्रचण्ड एक्लैले तयार पार्ने दस्तावेजले पार्टीभित्रका गुट-उपगुटहरुलाई औपचारिकरुपमा अन्त्य गर्छ कि गर्दैन भन्ने प्रश्न अहिले एमाओवादीभित्रैबाट उठ्न थालेको छ ।



वैद्यपक्षको विद्रोहपछि एमाओवादीमा गुट र विचार समूहको अन्त्य गरिएको भनिए पनि विगतका गुट-उपगुट अस्थित्वहीन भैसकेका छैनन् । त्यस्ता गुटहरुमा प्रचण्ड, बाबुराम र नारायणकाजी समूहलाई मुख्यरुपमा लिने गरिएको छ भने पूर्वएकताकेन्द्रका स्वनाम साथीको नेतृत्वमा चौथो गुट रहेको छ । अमिक शेरचन, लीलामणि पोखरेल, धनश्याम शर्मा पौड्याल आदि नेताहरुको स्पष्ट गुट नभए पनि बाबुराम, प्रचण्ड र नारायणकाजीको गुटका लागि यी नेताहरुो भूमिका