– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा शिक्षकहरुका लागि सरसफाइ सम्बन्धि अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
अर्घाखाँची जिल्लालाइ सन २०१४ भित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय अनुसरा जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति अर्घाखाँची र जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीको आयोजनामा कार्यक्रम समपन्न भएको हो ।
तालिमको जिल्ला शिक्षा कार्यलयका बलराम मिश्र, इकार्डस नेपालका गोपाल घिमिरे, कृष्ण जिसी, नेस्टका आरोग्य बजीमय, प्रकास सचेतन समुह प्रागका बाबुराम शर्मा, प्रेमनारायण गैरे, लगायतले सहजीकरण गरेका थिए ।
समापन समारोह जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालको प्रमुख आतीथयतामा सम्पन्न भएको थियो ।
तालिममा धारापानी, नुवाकोट, खिल्जी, बागी, खन, खनदह, सुवर्णखाल, सितापुर, धातिबांग, धन्चौर, पाली, अडगुरी लगायतका शिक्षकहरुको सहभागिता रहेको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।