एकीकृत माओवादीद्धारा प्याकेजमा सहमति भए कांग्रेसलाई नेतृत्व दिने संकेत

राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार बनाउन दलहरुलाई दिएको चौथो समयसीमा सकिनु एक दिनअघि, एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले प्रमुख दलहरुबीच सोमबार सांझसम्म सहमति जुट्ने संभावना रहेको बताएका छन्।


यहि सरकारले चुनावको मिति घोषणा गरेपछि नेपाली कांग्रेसलाई नेतृत्व दिनेगरि सहमति जुट्न लागेको भन्ने विवरणहरु बाहिर आएका छन्।


तर विपक्षी दलहरुले चाहीं प्याकेजमा सहमतिको दस्तावेज तयार नभएसम्म आशावादी हुन नसकिने प्रतिक्रिया दिएका छन्।


प्रमुख दलहरुबीचका अनौपचारिक वार्ताहरुकामाझ शितल निवास पुगेका प्रचण्डले सोमवार साँझसम्म सहमति जुटाउने प्रयास आफुले गरिरहेको जानकारी राष्ट्रपतिलाई दिएको राष्ट्रपतिका प्रेस सल्लाहकारले बताए।

 

प्रचण्डले राष्ट्रपतिसंगको भेटमा सहमतिका प्रयासहरुबारे समिक्षा गरिएको बताए।