– महोत्सवको समापनमा सम्पादक वीरेन्द्र केसीलाई शान्ति मन्त्री टोपबहादुर रायमाझीले कदरपत्र प्रदान गर्दै ।
पोखराथोक, अर्घाखाँची । हीरक महोत्सवमा सबैभन्दा उत्कृष्ट सामाचार सम्प्रेषण गरेको भन्दै अर्घाखाँची डट्कमका सम्पादक तथा कान्तिपुर दैनिकका अर्घाखाँची संवाददाता वीरेन्द्र केसीलाई विद्यालयले सम्मान सहित पुरस्कृत गरेको छ ।
पोखराथोक स्थित नेपालको तेस्रो तथा पश्चिमाञ्चलकै पहिलो विद्यालय हरिहर संस्कृत तथा साधारण उमाविको हीरक महोत्सव तथा ११२ औं हरिहर जयन्तीमा उत्कृष्ट समाचार लेखे वापत सम्मानित गरेको हो ।
चार दिनसम्म सञ्चालन भएको महोत्सवमा पु-याएको योगदानको उचित मुल्याकंन गर्दै कदर-पत्र र नगद पुरस्कारले सम्मान सहित पुरस्कृत गरिएको महोत्वस मुल समारोह समितिका अध्यक्ष अच्युत गौतमले बताए । समापनको अवसरमा शान्ति मन्त्री टोपबहादुर रायमाझीले कदरपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
नेपालमा पहिलो पटक संस्कृत भाषाको पढाई यहाँबाट शुरु भएको थियो । पोखराथोककै स्थानीय दधिराम मरासिनीको योजनामा हरिहर गौतमले ६८ विघा जग्गा र आफनै घरलाई दान दिएर विद्यालय स्थापना गरेको ७५ वर्ष पुगेको अवसरमा चार दिनसम्म मनाईएको हीरक महोत्वसको उदघाटन राष्ट्रपति डा.रामवरण यादवले गरेका थिए भने समापन शान्ति मन्त्री टोपबहादुर रायमाझीले गरेका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।