नयाँ प्रधानमन्त्री छान्न राष्ट्रपतिले दिएको चौथो चरणको समय आज बेलुका ४ बजे सकिँदैछ । सहमतिको नजिक पुगेको बताइरहेका प्रमुख राजनीतिक दलहरुको संयुक्त बैठक राष्ट्रपतिले दिएको म्याद सकिने समय पारेर आजै अपरान्ह नयाँ बानेश्वरमा बस्ने भएको छ ।
बिहान प्रचण्डनिवास बालुवाटारमा माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता कमाधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलावीच भएको छलफलपछि प्रमुख दलको संयुक्त बैठक बस्ने सहमति भएको हो । केही दिनयता भएका अनौपचारिक छलफलपछि सहमतिको आधारपत्र समेत तयार भैसकेको दाबी नेताहरुले गरेका छन् ।
सहमतिपत्रको सोही मस्यौदा माथि आज बेलका बस्ने बैठकमा छलफल गरिने नेताहरुले बताएका छन् ।
सहमतिको मस्यौदामा के छ भन्ने नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् । नेताहरुले सहमतिको नजिक पुगिएको बताए पनि राष्ट्रपतिले दिएको चौथो समयसीमाभित्रै प्रधानमन्त्रीको नाम दिनेबारे भने दलहरु असमर्थ भएकाले पाँचौंपटक म्याद थप्न राष्ट्रपतिलाई आग्रह गर्ने गृहकार्यसमेत भैरहेको बुझिएको छ ।