प्रमुख दलका शीर्ष नेताले राष्ट्रपति डा.रामवरण यादवसँग सहमतीय सरकार गठनका लागि पुनः समय माग गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान भएको भेटबार्तामा प्रमुख चार दलका शीर्ष नेताहरुले पाँचौ पटक समय माग गरेका हुन् । उनीहरुले सहमतीय सरकार गठनका लागि समय अपुग भएको भन्दै तीनदेखि पाँच दिनको समय माग गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिसँग तीनदेखि पाँच दिनको समय माग गरिएको जानकारी दिए ।