भट्टराई नेतृत्वको सरकारलाई वर्खास्त गरेर राष्ट्रपतिले अविलम्व सहमतिको सरकार गठन गर्नुपर्ने एमालेका नेता भीम रावलको भनाइ

एमालेका नेता भीम रावलले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई वर्खास्त गरेर राष्ट्रपतिले अविलम्व सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् ।
धनगढीमा आज विहान पत्रकारसँग कुरा गर्दै नेता रावलले प्रधानमन्त्री भट्टराईले एकलौटी र स्वेच्छाकारी ढंगले काम गरेर देशलाई मुडभेडको अवस्थामा पुराएको आरोप लगाए ।