सैनिक अधिकृतलाई हप्ताको एक दिन पैदल वा साइकल चढेर कार्यालय आउन सेनापतिको आदेश

प्रधानसेनापति गौरवशमशेर राणाले आफ्ना सैनिक अधिकृतलाई हप्ताको एक दिन पैदल वा साइकल चढेर कार्यालय आउन आदेश दिएका छन् । 
उनले वातावरण प्रदूषण कम गर्न हरेक शुक्रबार गाडी नचढ्न रथीदेखि उपसेनानीसम्मलाई आदेश दिएको सैनिक प्रवक्ता सुरेशराज शर्माले बताए । 
तर त्यो आदेश बिहान १० देखि ५ सम्म चक्रपथभित्र कार्यालय हुने सैनिक अधिकृतका लागि मात्र लागू हुनेछ । बिहान कुनै बैठक वा अन्य केही कार्यालयकै काम परेर निस्कनुपर्ने अधिकृतले कार्यालयकै गाडी प्रयोग गर्न पाउनेछन् ।