चिसोले चुन ढुङ्गा उत्खनन विरोधी आन्दोलन कारी विरामी

चुनढुङ्गा उत्खनन विरोधमा धर्नामा बस्दै आएका अर्घाखाँचीको नरपानिका स्थानिय बासिन्दाहरु विरामी पर्न थालेका छन् ।
अत्यधिक चिसोका कारण ज्वरो आउने, टाउको दुख्ने, रुघा खोकी लाग्ने र श्वास प्रश्वासमा समेत समस्या आउँदा गाउँका करिव २ दर्जन बासिन्दा विरामी परेका हुन् ।
चुन ढुङ्गा उत्खननका कारण नरपानी लगायतका १ दर्जन गाविसमा वातावरणीय तथा पर्यावरणिय क्षती भएको ,खाने पानिका मुहान सुकेको भन्दै २०६८ कार्तिक २० गते देखि स्थानिय बासिन्दाले  चुनढुङ्गा उत्खननको सम्पुर्ण काम रोक्का गर्दै     आएकोमा कम्पनीले गएको मंसिर २२ र २३ गते  पुराना विग्रिएका संरचना बनाउने नाममा काम सरु गरेको भन्दै मंसिर २५ गते देखि स्थानिय  बासिन्दाहरुले दिन रात निरन्तर धर्ना दिदै आएका छन् ।
स्थानिय बासिन्दाको निरन्तर धर्नाका कारण कम्पनिले आफ्ना अधिकांश उपकरण खानी बाट  लगेको भएपनि केहि मेसिनहरु नलगेको र खानि संचालनको लागी अनुकुल वातावरण बनाउन  खोजेको भन्दै स्थानिय बासिन्दाहरुले धर्नालाई निरन्तरता दिएका छन् ।
२ दिन यता अर्घाखाँचीमा अत्यधिक रुपमा चिसो बढेको छ । चिसोका कारण जिल्लाको सदरमुकाम संन्धिखर्क लगायत जिल्ला भरको जन जिवन गम्भिर रुपमा प्रभावित बनेको छ ।  
जाडोका कारण अधिकांश पसलहरु समेत खुल्न सकेका छैनन । विद्यालयमा विद्यार्थीहरुको समेत  न्युन उपस्थिती हुने गरेको छ भने सेवागा्रही नआएका कारण दैनिक भिडभाड हुने सरकारी कार्यालय समेत सुनसान बनेका छन् ।जिल्ला बासिहरु बाहिरको काम छोडेर प्राय घरभित्रै आगो  तापेर बस्ने गरेका छन् । जिल्ला भरि जाडोको कारण मानिस हरु प्रभावित बने पनि जिल्लाको सवै भन्दा चिसो हुने ठाउँ नरपानिका बासिन्दाहरु भने चिसोको कुनै प्रवाह नगरी आफ्ना सन्ततीको भविस्य प्रति चिन्तीत बनी खुल्ला ठाउँको चिसो भुर्इंमा दिन रात विताईरहेका छन् ।
 
मंसिर २५ गते देखि चुन ढुङ्गा उत्खननको मुल द्धारमा पाल टाँगेर बसेका उनीहरुको धर्ना १२ औ दिन सम्म पनि जारी रहेको छ । गाउँका सयौं बासिन्दाहरु सम्पुर्ण काम काज छाडेर १२ दिन देखि धर्नामा बसेका छन् । 
आर्थिक रुपमा विपन्न रहेका यहाँका बासिन्दाहरु लामो समय देखि धर्नामा बस्दा घर खर्च चलाउन समेत समस्या परेको छ । ज्याला मजदुरी गरेर दैनिक जिविको पार्जन गर्दै आएका कति पय परिवारको छाक टार्न समेत समस्या पर्न थालेको छ ।
छाक टार्ने समस्या भन्दापनि चिसोको कारण परिवारका २

अन्य समाचारहरु